मेरिलेबोन क्रिकेट क्लबको २३३ वर्षे इतिहासमा पहिलो पटक महिला क्लेयर कनर अध्यक्ष निर्वाचित

0

विर्तामोड, ११ असार ।

इंग्ल्यान्ड महिला क्रिकेट टिमका पूर्व कप्तान क्लेयर कनर मेरिलेबोन क्रिकेट क्बल (एमसीसी) को अध्यक्षमा नियुक्त हुनु भएको छ । विश्वकै पुरानो क्रिकेट क्लब एमसीसीले कनरलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।
एमसीसीको अध्यक्ष बन्ने उहाँ पहिलो महिला हुनुहुन्छ । क्लबको २ सय ३३ वर्षे इतिहासमा एमसीसीले पहिलो पटक महिला अध्यक्ष पाएको हो । इंग्ल्यान्डको महिला क्रिकेटको म्यानेजिङ डिरेक्टर रहेनु भएकी कनर २०२१ को अक्टोबर १ बाट एमसीसीको अध्यक्ष हुनु हुनेछ । ४३ वर्षीया कनरले श्रीलंकाका लिजेण्ड कुमार संगाकाराको स्थान लिनु हुनेछ । उहाँ इंग्ल्यान्डको महिला टिमका पूर्व प्रशिक्षक समेत हुनुहुन्छ । ००००००

Share.

Leave A Reply