लिभरपुल बन्यो प्रिमियर लिगको च्याम्पियन

0

विर्तामोड, १२ असार ।

लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । प्रिमियर लिग अन्तर्गत गए राति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २–१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो ।
घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए ।
चेल्सीको जितसँगै लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो । यस अघि लिभरपुलले सन् १९८९ र ९० को सिजन प्रिमियर लिगको उपाधि जितेको थियो ।

लिभरपुललाई यस सिजन उपाधिका लागि एक जित आवश्यकता रहेको थियो । तर, सिटीले अंक गुमाएपछि योर्गेन क्लोपको टिम ३१ खेलमै च्याम्पियन बनेको हो । यदि सिटीले चेल्सीलाई हराएको भए लिभरपुलको उपाधि पछि धकेलिने थियो ।

चेल्सीसँग पराजित भएपछि सिटी लिभरपुल भन्दा २३ अंकले पछि रहेको छ । साविकको विजेता समेत रहेको सिटीको ६३ अंक रहेको छ । लिभरपुलको ८३ अंक रहेको छ ।
यस सिजन लिभरपुलले २८ खेलमा जित निकाल्दा २ खेलमा बराबरी र एक खेलमा हार व्यहोरेको छ । जर्मन प्रशिक्षक क्लोपले गत सिजन लिभरपुललाई उपविजेता बनाएको थियो । यस्तै च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।००००००

Share.

Leave A Reply