फराकिलो जितसँगै बायर्नलाई च्याम्पियन ट्रफी

0

विर्तामोड, १४ असार ।

जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले फराकिलो जितसँगै सिजनको अन्त्य गरेको छ । सिजनको अन्तिम खेलमा गएराति बायर्नले १० खेलाडीमा सिमित वोल्फ्सबर्गलाई ४–० गोल अन्तरले पराजित गरेको हो । दुई खेल अगाबै च्याम्पियन बनिसकेको बायर्नलाई जित दिलाउन किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले एक एक गोल गरे ।
वोल्फ्सबर्गको घरेलु मैदानमा फराकिलो जितसँगै बायर्नले लगातार आठौं सिजन उपाधि ट्रफी उचालेको छ । बायर्नको यो कीर्तिमानी ३० औं बुन्डेसलिगा उपाधि समेत हो ।
उपाधि जित्ने क्रममा बायर्नले यो सिजन ३४ खेलबाट ८२ अंक जोड्यो ।
बायर्नले यस सिजन २६ जित, ४ बराबरी र ४ हार व्यहोर्यो । बायर्नले विपक्षी टिमबिरुद्ध कुल १०० गोल समेत गर्यो । यस सिजन बायर्न दोस्रो स्थानको बोरुसिया डर्टमण्ड भन्दा १३ अंकले अघि रह्यो । वोल्फ्सबर्ग ४९ अंक जोडेर सातौं स्थानमा रह्यो । ०००००

Share.

Leave A Reply