रियल मड्रिडले उपाधि होडलाई थप बलियो बनायो

0

विर्तामोड, १५ असार ।

रियल मड्रिडले उपाधि होडलाई थप बलियो बनाएको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गए राति भएको खेलमा पुछारको क्लब स्पानियोलमाथि संघर्षपूर्ण जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा फर्किएको हो ।
अवे मैदानमा भएको खेलमा स्पानियोलमाथि १–० को जित निकालेसँगै रियल मड्रिडले दोस्रो स्थानमा झरेको बार्सिलोनासँगको अंक दूरी दुई कायम गरेको छ ।
रियल मड्रिडका लागि ४५ औँ मिनेटमा कासेमिरोले गरेको गोल नै महत्वपूर्ण जितका लागि निर्णायक बन्यो । स्पानियोलले गोल गर्ने धेरै मौका पाएको थियो, तर रियल मड्रिडका गोलरक्षक थिबाउटले उत्कृष्ट बचाउ गरे । जितपछि रियल मड्रिडको ३२ खेलबाट ७१ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको समान ३२ खेलबाट ६९ अंक रहेको छ ।
रियल मड्रिडले सन् २०१२ यता ला लिगाको उपाधि जित्न सकेको छैन । अब लिगमा बाँकी रहेका सबै ६ खेलमा जित वा पाँच खेलमा जित र एकमा बराबरी गरेमा उसले उपाधि जित्ने छ ।
लिग अन्तर्गत गए राति भएका अरु खेलमा लेभान्टेले रियल बेटिसलाई ४–२, भिल्लारियलले भ्यालेन्सियालाई २–० तथा एइबरले ग्रानाडालाई २–१ ले पराजित गरेका छन् ।०००००

Share.

Leave A Reply