क्यानद्वारा बिभिन्न कमिटी विस्तार

0

विर्तामोड, १५ असार ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता कमिटीसहित विभिन्न चार कमिटीको विस्तार गरेको छ । क्यानले आज यसअघि बनाईएको चार वटा कमिटीलाई विस्तार गरिएको जनाएको छ ।
क्यानले प्रतियोगिता कमिटी, टेक्निकल कमिटी, फाइनान्सियल कमिटी र मिडिया कमिटीमा सदस्य थप गर्दै कमिटी विस्तार गरेको हो । यसअघि क्यानले संयोजक चयन गर्दै चार कमिटी बनाएको थियो । तर, कमिटीमा सदस्यहरु रहेका थिएनन् ।
प्रसान्त बिक्रम मल्लको संयोजकत्वमा रहेको प्रतियोगिता कमिटीमा दाउद अन्सारी, ऋषिराम गौतम, बिक्रम बिष्ट र कैशाल बिष्टलाई सदस्य राखिएको छ । यस्तै संजयराज सिंहको संयोजकत्वमा रहेको टेक्निकल कमिटीमा विरेन्द्र बहादुर चन्द, अमितवीर पाण्डे, अरुण कुमार अर्याल र संजय गुरुङलाई ल्याईएको छ । रोशन कुमार सिंहको संयोजकत्वमा रहेको फाइनान्सियल कमिटीमा माधव कर्माचार्य र दुर्गा राज पाठक थपिएका छन् ।
यस्तै मिडिया कमिटीमा भानुभक्त सिग्देल सदस्यको रुपमा आएका छन् । यो कमिटीको संयोजक अशोक नाथ प्याकुरेल रहेका थिए । नयाँ नेतृत्व आएपछि बसेको क्यानको पहिलो बोर्ड बैठकले चार कमिटी गठन गरेको थियो । ०००००

Share.

Leave A Reply