कृषिमन्त्रीले उद्घाटन गर्ने मेसिनले धान रोपेन

0

विर्तामोड, १५ असार ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल धान दिवस तथा रोपाइँ महोत्सवको कार्यक्रमका लागि उदयपुर आउनुभयो । त्रियुगा नगरपालिका–१३ बडेवहामा स्थानीय साहरा सहकारी संस्थाले चक्लाबन्दी खेती गरेको ठाउँमा आज मेसिनले धान रोप्ने कार्यक्रम थियो । त्यसका लागि त्रियुगा नगरपालिकाले धान रोप्ने मेसिनको बन्दोबस्त पनि गरेको थियो ।
धान दिवसको कार्यक्रममा कृषिमन्त्री भुसाल हाफ सर्ट, स्टकोट, पाइन्ट र बुट लगाएर खेतमा जानुभयो । उहाँसँगै प्रदेश १ का भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री राम राना, प्रदेश सांसद विमल कार्की, त्रियुगा नगरपालिकाका जनप्रतिनिधि, नेकपाका स्थानीय नेता कार्यकर्ताहरु सहभागी हुनुभयो ।

भयो यस्तो

तर, धान रोपेको उद्घाटन गर्ने बेलैमा मेसिनले काम गरेन । धानको बेर्ना राखेर खेतमा मेसिन गुडाउँदा बिउ खसाल्दै जानुपर्नेमा धानको बिउ छोडेन । प्राविधिकले खेतमा पानी धेरै भएकाले बिउ गाडिएको बताए ।
कृषि मन्त्रीले पनि मेसिन चल्छ कि भनेर एक छिन हेर्नुभयो तर चलेन । उहाँले प्राविधिकहरुलाई ‘तपाईंहरुले प्रयास गर्नुभयो धन्यवाद’ भन्नुभयो ।

हुनु पर्ने यस्तो

सँगै रहनु भएका प्रदेशका भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री राम रानाले यति ठूलो कार्यक्रममा विना तयारी मेसिन ल्याइएको भन्दै गुनासो गर्नुभयो । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले अघिल्लो दिन मेसिनले राम्रैसँग काम गरे पनि अहिले एक्कासी के भयो भन्दै अचम्म मान्नुभयो ।
मेसिनले काम नगरेपछि नेकपा जिल्ला अध्यक्ष विनोद कटुवाल, प्रदेश सांसद विमल कार्की, राज्यमन्त्री राम राना बिउ बोकेर आफैं रोपाइँ गर्न झर्नुभयो । कृषिमन्त्री भुसालले भने धान रोप्नु भएन् । ००००००

Share.

Leave A Reply