हल्दिवारी गाउँपालिकाको सभा सकिएको पाँचौं दिनमा सभा स्थगित भएको सूचना प्रकाशित

0

विर्तामोड, १५ असार ।

हल्दिवारी गाउँपालिकाको सभा सकिएको पाँचौं दिनमा सभा स्थगित भएको सूचना प्रकाशित गरिएको छ ।
गाउँसभामा विवाद भएपछि अध्यक्ष रविन्द्र लिङ्दनेले सभा बहिस्कार गर्नुभएको थियो भने उपाध्यक्ष डम्बर गिरीको सभाध्यक्षमा सभा सम्पन्न गरिएको थियो ।
असार १० गतेको सभापति वैधानिकताको प्रश्न उठाउदै आउनुभएका अध्यक्ष लिङ्देनले  सोमबार साँझ १० गतेकै मिति लेखेर सूचना टाँस गरिएको गाउँपालिका स्रोतले जनाएको छ ।
विवादपछि उपाध्यक्ष गिरीले गाउँसभा सञ्चालन कार्यविधि बमोजिम सभा सञ्चालन गर्नुभएको थियो । अध्यक्ष लिङ्देनद्वारा हस्ताक्षरित सूचनामा गाउँसभा चलिरहेको बेला सभाका सदस्यहरुले पालना गर्नुपर्ने नियम एवम् आचरण पालना नभई अव्यवस्थित र अमर्यादित कार्यहरु भएकाले दफा १२ को बैठक स्थगित गर्ने अधिकार बमोजिम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको लेखिएको छ । उहाँले सो सूचना सूचना अधिकृतलाई सभाका सदस्यलाई जानकारी गराइदिन र पालिकाको वेभसाइटमा अपलोड गरिदिन बोदार्थ लेख्नुभएको छ ।
साँझमा सूचना टाँसिएको खवरले वडाध्यक्षसहित कार्यपालिकाका सदस्यहरुले अचम्मितमा परेको जानकारी दिएका छन् । सो सूचना हालसम्म गाउँपालिकाको वेभसाइटमा अपलोड समेत गरिएको छैन ।
गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले सूचना प्रकाशित भएको बारेमा कुनै जानकारी नभएको बताउनुभयो । आजसम्म सभा स्थगित बारे सूचना प्रकाशित भएको जानकारी मलाई छैन , प्रवक्ता पोर्तेलले भन्नुभयो । यसअघि सो सूचना सञ्चारमाध्यममा समेत सार्वजनिक गरिएको थिएन । ००००००

Share.

Leave A Reply