तीन महिनामा सवा १३ अर्ब प्रिमियम संकलन

0

विर्तामोड, १६ असार ।


बीमा कम्पनीहरूले चैत, वैशाख र जेठ गरी ३ महिनामा १३ अर्ब २९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जीवन तथा कोभिड–१९ का कारण चैत ११ देखि लकडाउन भएपनि निर्जीवन कम्पनीले सो अवधिमा उक्त प्रिमियम आर्जन गरेका हुन् ।

तीन महिनाको अवधिमा जीवन बीमा कम्पनीहरूले ८ अर्ब ६१ करोड र निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ६८ करोड गरी कुल १३ अर्ब २९ करोड रुपैयाँ बराबरको बीमा शुल्क वापत सो रकम उठाएका हुन् ।
१९ जीवन बीमा कम्पनीहरुले चैतमा २ अर्ब ५२ करोड, वैशाखमा १ अर्ब ३५ करोड जेठमा ४ अर्ब ४७ करोड गरी यस अवधीमा ८ अर्ब ६१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हुन् ।

जीवन बीमा कम्पनीमा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले संकलन गरेको छ भने सबैभन्दा कम नयाँ तीन वटा कम्पनीहरूले कमाएका छन् ।
निर्जीवन बीमा कम्पनीहरूमध्य सबैभन्दा बढी शिखर इस्योरेन्स कम्पनीले बीमा शुल्क आर्जन गरेको छ भने सबैभन्दा कम सानिमा इस्योरेन्स कम्पनीले आर्जन गरेको छ ।
००००००

Share.

Leave A Reply