साफ च्याम्पियनसिप फुटबल एक वर्ष स¥यो

0

विर्तामोड, १६ असार ।


कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप फुटबल एक वर्षका लागि सरेको छ । अब साफ च्याम्पियनसिप २०२१ मा हुने भएको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को हिजो बसेको बैठकले साफ च्याम्पियनसिप एक वर्षपछि आयोजना गर्ने निर्णय गरेको हो । यसै वर्षको सेप्टेम्बरमा बंगलादेशमा प्रतियोगिता हुँदै थियो ।

२०१८ मा बंगलादेशमै भएको साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको थियो । त्यो प्रतियोगितामा नेपाल माल्दिभ्ससँग पराजित हुँदै प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको थियो । ०००००

Share.

Leave A Reply