झापाका ५ जना सहित ३१६ जनामा कोरानाको पुष्टी

0

विर्तामोड, १६ असार ।

झापामा आज ५ जना कोराना संक्रमित थपिएका छन् । कनकाई नगरपालिकामा चार र मेचीनगरमा एक गरी पाँच जना थपिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिनुभयो । कनकाईमा देखिएकामा दुई महिला र दुई पुरुष थपिएका हुन् । यो संगै झापामा संक्रमितको संख्या २०८ पुगेको छ । आज थप भएसँगै संक्रमितको संख्या भद्रपुरमा ६ जना, मेचीनगरमा २० जना, बिर्तामोडमा २ जना, कन्काईमा ८ जना, अर्जुनधारामा ५ जना, दमकमा ६ जना, गौरादहमा ४ जना, शिवसताक्षीमा २ जना, बुद्धशान्तिमा ११ जना, हल्दिबारीमा ७ जना, कचनकवलमा १२९ जना, कमलमा १ जना, गौरीगञ्जमा १७ जना, बाह्रदशीमा ८ जना र झापा गाउँपालिकामा २ जना कोरोना संक्रमित रहेको उहाँले जानकारी दिनुभयो । यसैबिच
नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३१६ जनामा संक्रमण देखिएको हो । आज थपिएका ३१६ सहित नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन ्। यो सहित डिस्चार्ज हुनेको संख्या ३१९४ पुगेको छ । कुल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ । ०००००

Share.

Leave A Reply