झापाको विर्तामोड नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण समुदायमा नफैलिएको पुष्टि

0

विर्तामोड, १७ असार ।

झापाको विर्तामोड नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण समुदायमा नफैलिएको पुष्टि भएको छ । भारतको चेन्नइबाट आएर विर्तामोड ७ का एक जना घरमै बसेकोमा पछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सो अवस्थामा समुदायमा कोरोना संक्रमण भएकोे हुनसक्ने भन्ने आशंका भएको थियो ।

 

‘कोरोनाको संक्रमणबाट समुदायलाई बचाउन नगरका सबै वडामा क्वारेन्टाइन बनाउने निर्णय गरेका छौं’, उपमेयर पवित्रा महतारा प्रसाईंले भन्नुभयो, ‘समुदायलाई बचाउन हामी सचेत छौं । तयारीलाई तीब्र बनाएका छौं ।’

 

‘समुदायमा कोरोना संक्रमण भएकोे हुनसक्ने आशंकाले ८ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाएर नगरले तयार गरेको क्वारेन्टाइनमा राखिएको थियो’, विर्तामोड नगरका कोरोना फोकल पर्सन ओम खड्काले भन्नुभयो, ‘आज स्वाको रिपोर्ट आएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जनाको नै संक्रमण भएको पाइएन, त्यसैले आज सबैलाई घर पठाएका छौं ।’ विर्तामोडमा नगरलाई छलेर भारतबाट आएका एक जना घर पुगेको भनेर समुदायमा नै त्रासको वातारवरण बनेको थियो ।

‘कोरोनाको संक्रमणबाट समुदायलाई बचाउन नगरका सबै वडामा क्वारेन्टाइन बनाउने निर्णय गरेका छौं’, उपमेयर पवित्रा महतारा प्रसाईंले भन्नुभयो, ‘समुदायलाई बचाउन हामी सचेत छौं । तयारीलाई तीब्र बनाएका छौं ।’ विर्तामोड नगर क्षेत्रमा विदेशबाट आएका २ जनालाई कोरोना संक्रमण पुष्टि भएकोमा अहिले उपचार भइरहेको छ । ००००००

Share.

Leave A Reply