सुदूरपश्चिम प्रदेशमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु

0

विर्तामोड, १७ असार ।

सुदूरपश्चिम प्रदेशमा थप एक जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । ती व्यक्तिमा मृत्युपछि कोरोना पुष्टि भएको हो । अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।
ती पुरुषको असार १४ गते आइतबार बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वरेण्टीनमा बसिरहेका थिए।
असार १३ गते श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारको लागि बयालपाटा अस्पतालमा लगिएको थियो । आकस्मिक कक्षमा उपचारको क्रममा उनको आइतबार दिउँसो २ बजे मृत्यु भएको थियो । योसँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । साथै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । ०००००००

Share.

Leave A Reply