इरानमा ग्यास लिक हुँदा विस्फोट, १३ जनाको मृत्यु

0

विर्तामोड, १७ असार ।

इरानको राजधानी तेहरानस्थित एक क्लिनिकमा भएको विस्फोटमा परी कम्तीमा १३ जनाको ज्यान गएको छ । सीना अतहर क्लिनिकमा सो विस्फोट भएको र ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने इरानी अधिकारीहरुले बताएका छन् ।

दर्जनौं मानिसहरु घाइते भएका छन ्। ज्यान गुमाउने अधिकांश महिला रहेको बताइएको छ । ग्यास लिक हुँदा सो विस्फोट भएको र विस्फोट भएको स्थानमाथिको आकाशसम्म धुवाँ देखिएको बीबीसीले जनाएको छ ।

Share.

Leave A Reply