विराटनगरमा एक व्यक्ति मृत फेला

0

विर्तामोड, २६ असार ।

विराटनगर महानगरपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । विराटनगर महानगरपालिका–६ स्थित शिव मन्दिर पछाडिको नालामा तराईमूलका अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि कोशी अस्पतालमा पठाएको छ । मृतकको पहिचान सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै विराटनगर–१६ दरैयामा सोही स्थानका २० वर्षीय आनन्दकुमार पासवानलाई लागुऔषध डाइलक्स बीसी १०० एमएलको ३९ बोटलसहित पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । ००००००

Share.

Leave A Reply