लमजुङमा पहिरोले ३ जनाको मृत्यु, ३ जना घाइते

0

विर्तामोड, २६ असार ।

लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेसीसहर नगरपालिका ७ सातबीसेमा गए राति १२ बजे पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र नौ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।
‘राति घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनै जनालाई निकालेर जिल्ला अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याउना साथ डाक्टरले तीनै जनालाई मृत घोषणा गरेको थिए’, लमजुङका प्रहरी प्रमुख गंगाबहादुर थापाले भन्नुभयो ।
घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा सन्तबहादुर गुरुङ, अनिल गुरुङ र सुमने गुरुङ रहेको थापाले जानकारी दिनुभयो । उनीहरुको लमजुङको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । ०००००

Share.

Leave A Reply