नयाँ सिराबाट काम थालौं : नेकपाका नेता जनार्दन शर्मा

0

विर्तामोड, २६ असार ।

नेकपाका नेता जनार्दन शर्मा (प्रभाकर)ले पार्टीभित्रको किचलो बिर्सिएर विपदको बेला नयाँ सिराबाट काम थाल्नुपर्ने बताउनु भएको छ ।
पार्टीभित्रको पछिल्लो विवाद समाधानको प्रयासमा शीर्ष नेताहरुसँग वार्तामा बस्ने गर्नुभएका नेता शर्माले आजको स्थायी कमिटी बैठकअघि सो कुरा बताउनु भएको हो ।
प्रचण्ड निकट नेता शर्माले ट्वीटरमा लेख्नु भएको छ, ‘आज फेरि अध्यारो पन्छिएर बिहानी झुल्किएको छ । पार्टीभित्रको किचलो अन्धकारसँगै भुलिदिउँ । अतिवृष्टि र कोरोनाको महामारीको बिपतबाट पार पाउन नयाँ सिराबाट काम थालौं ।’
प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र विवाद बढेको छ । विवाद समाधानको प्रयासमा स्थायी कमिटी बैठक पटक–पटक स्थगित गरेर शीर्ष नेताहरु छलफलमा जुटेका छन् । यद्यपि ठोस सहमति भइसकेको छैन । यही अवस्थामा आज नेकपाको स्थायी कमिटीको बैठक बस्दै छ ।
कोरोनाको महामारी, बाढी पहिरोको बितण्डाको बेला नेकपा नेताहरु सत्ताको खेलमा लागेको भन्दै जनस्तरबाट विरोध भइरहेको छ । ००००००

Share.

Leave A Reply