तीन दिनमा बाढी पहिरोमा २५ जनाको मृत्यु, ५७ जना बेपत्ता

0

विर्तामोड, २६ असार ।

जाजरकोट बारेकाट गाउँपालिका –४ सार्कीगाउँमा पहिराले घर बगाएपछि वेपत्ताको खोजी कार्य गर्दै प्रहरी ।

मुलुकभर तीन दिनदेखिको लगातारको वर्षापछि आएको बाढी पहिरोमा २५ जनाको मृत्यु भएको छ । ५७ जना बेपत्ता छन् । कास्की, सिन्धुपाल्चोक, लमजुङ, म्याग्दी लगायत जिल्लामा बाढी र पहिरोले धनजनको क्षति पु¥याएको हो ।
गृह मन्त्रालय अन्तर्गत विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलका अनुसार बिहीबार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा बाढी र पहिरोमा परी २ जनाको मृत्यु भएको थियो भने २१ जना बेपत्ता भएका थिए । बाढीले १६ घर बगाएको थियो ।
यस्तै आज कास्की, लमजुङ, म्याग्दी, जाजरकोट लगायत ८ जिल्लामा आएको प्रकोपमा २३ जनाको मृत्यु, ३६ बेपत्ता र २६ घाइते भएका छन् । प्रमुख कार्यकारी पोखरेलका अनुसार यो मानवीय र भौतिक क्षति विवरण आज अपराह्नसम्मको हो ।
विपदमा परी घाइते भएकाको उपचार, बेपत्ताको खोज तथा उद्धार र मृतकको पहिचान गर्ने काम भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले बताउनुभयो । 000000

Share.

Leave A Reply