मनकारी देवेन्द्र सिटौला, सेवाले निरन्तरता पाउनु पर्छ : प्रमुख अतिथि गुरुङ

1

विर्तामोड, २६ असार ।

यसरी नहरको पानी तानेर जीवन निर्वाह हुँदै ।

झापाको दोमुखामा रहेको सिटौला बन्धु कुलेश्वर महादेव मन्दिरको हाताभित्र सामाजिक अगुवा देवेन्द्र सिटौलाले पितृको स्मरणमा जनार्दन खानेपानी सेवा शुभारम्भ गराउनु भएको छ । एक भब्य कार्यक्रमका बीच विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङले सिटौला बन्धु कुलेश्वर महादेव मन्दिरको डिप बोरिङबाट उत्पादित खानेपानी सेवा उद्घाटन गर्नु भएको छ ।
देवेन्द्रले पिता जनार्दनको स्मरणलाई चिरस्थायी बनाउन करिब १५ लाख रुपैयाँको लागतमा सिटौला बन्धु कुलेश्वर महादेव मन्दिरको परिसरभित्र जनार्दन खानेपानी सेवा सुरु गराउनु भएको हो । शिवसताक्षी नगरपालिका वडा नम्वर १० मा पर्ने दोमुखा पर्यटकीय क्षेत्र जाने बाटो दक्षिण पानी नभएर स्थानीय ३१ परिवारले कन्काई नहरको धमिलो पानीबाट जिविकोपार्जन गर्दै आएका छन् । सो स्थानमा रहेको सिटौला बन्धु कुलेश्वर महादेव मन्दिरका श्रदालु र स्थानीयलाई समेत सो स्थानबाट खानेपानी प्रदान गर्न सकिने बताइएको छ ।
सिटौला सेवा समाज झापाका अध्यक्ष प्रेमप्रकाश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गुरुङले काम सुरु गर्नु मात्र उपलब्धि नठानी सेवाको निरन्तरताका लागि क्रियाशील हुन आग्रह गर्नुभयो । ‘कुनै काम थाल्नु ठुलो कुरा होइन’, प्रमुख अतिथि गुरुङले भन्नुभयो, ‘यसलाई निरन्तरता दिने विषयमा गम्भीर बन्नुहोला ।’
सो अवसरमा संस्थाका अध्यक्ष प्रेमप्रकाश सिटौलाले जन्मिएर नमरुन्जेल बाँच्ने मात्र होइन, मृत्युपछि पनि बाँच्ने काम गर्न सबै सिटौला बन्धुहरुलाई आग्रह गर्नुभयो । ‘देवेन्द्रले मरेर पनि बाँच्ने काम गर्नु भएको छ’, अध्यक्ष सिटौलाले भन्नुभयो, ‘यस्तो सत कर्ममा सबैको ध्यान पुग्न जरुरी छ ।’
सो अवसरमा देवेन्द्र सिटौलाले आमाको दुध, गाईको दुध र पानी मानिसका लागि अत्यावश्यक भएको भन्दै खानेपानीको व्यवस्था गर्न पैसा धेर भएर होइन, गाँस काटेर सक्रिय भएको धारणा राख्नुभयो ।

 

०००००

Share.

1 Comment

Leave A Reply