विरिङ खोलाले बगाउँदा एक जनाको मृत्यु, मेची खोलामा नुहाँउदा एक जना बेपत्ता

0

विर्तामोड, २७ असार ।

झापामा आज खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका ५ का ३५ वर्षीय राजेश गणेशलाई स्थानीय विरिङ खोलाले बगाउँदा मृत्यु भएको हो ।
मलामी गएका गणेशलाई पौडी खेल्ने क्रममा विरिङले बगाएको प्रहरीले जनाएको छ । बगाएपछि प्रहरी र स्थानीयले खोज्दा घटना स्थलबाट ३ किलोमिटर तल बाह्रदशी गाउँपालिका वडा नम्वर २ मा विरिङमा नै शब फेला परेको प्रहरीले जनाएको छ ।
यसैबीच, भद्रपुरको वडा नम्वर ३ मा मेची खोलामा नुहाउने क्रममा स्थानीय एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय ३३ वर्षीय हिरण राई नुहाउने क्रममा बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ००००००

Share.

Leave A Reply