बार्सिलोनाको उपाधि होड कायमै

0
विर्तामोड, २८ असार ।
स्पेनिस ला लिगा फुटबलको उपाधि होड रोमाञ्चक बन्दै गएको छ । लिगका दुई खेल बाँकी हुँदा बार्सिलोनाले पनि उपाधि सम्भावना कायमै राख्न सफल भएको छ । तीन खेल बाँकी रहेको शीर्ष स्थानको रियल मड्रिडलाई बार्सिलोनाले दबाब दिइरहेको हो ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १–० ले पराजित गरेर उपाधि आश जीवित राखेको हो । अवे मैदानमा भएको खेलमा १५ औँ मिनेटमा अटुरो भिडालले गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो ।
जितपछि दोस्रो स्थानको बार्सिलोनाको ३६ खेलबाट ७९ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको एक अंक बढी ८० अंक रहेको छ ।
शनिबार राति भएका अरु खेलमा एथ्लेटिको मड्रिडले रियल बेटिसलाई १–० ले तथा ओसासुनाले सेल्टा डी भिगोलाई २–१ ले पराजित गरेका छन् । ००००००००
Share.

Leave A Reply