बार्सिलोनाको आगामी सिजनको लागि नयाँ जर्सी सार्वजनिक

0

विर्तामोड, ३० असार ।

स्पेनिस क्लब बार्सिलोनाले आगामी सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । ला लिगाको साविक विजेता बार्सिलोनाले सन् २०२०–२१ सिजनका लागि आज नयाँ जर्सी सार्वजनिक गरेको हो ।
नयाँ जर्सी अघिल्ला सिजनको भन्दा केही फरक बनाइएको छ । बार्सिलोनाको ट्रेड मार्क रंग प्रयोग गर्दै जर्सीलाई पुरानो ढाँचामा निर्माण गरेको छ । बार्सिलोनाको जर्सी नाइकीले बनाएको हो ।

०००००

Share.

Leave A Reply