अमेरिकी सर्वोच्च अदालतद्वारा मृत्युदण्ड सम्बन्धी संघीय कानुन सदर

0

विर्तामोड, ३० असार ।

अमेरिकाको सर्वोच्च अदालतले पछिल्लो १७ वर्षमा पहिलोपटक हुन लागेको संघीय कैदीको मृत्युदण्डका लागि मार्ग प्रशस्त गरेको छ । स्थानीय तथा अपिल अदालतको अवरोधका कारण मृत्युदण्डको सजाय फैसला भएकाहरुलाई मृत्युदण्ड दिने समय धकेलिँदै आएको थियो । तर, सर्वोच्च अदालतले योजना अनुसार नै मृत्युदण्ड दिने पक्षमा फैसला गरेको हो ।
योसँगै अमेरिकामा १७ वर्षपछि संघीय तहमा हत्या आरोपमा दोषी ठहर भएका व्यक्तिलाई मृत्यदण्ड दिने मार्ग खुलेको छ । अपिल अदालतको रुलिङ्ग अनुसार तीन जनाको हत्या गरी शव तालमा फालेका ड्यानियल लुइस लीलाई मृत्युदण्ड दिने तयारी भएको थियो । तर, दोषीको परिवारले सर्वोच्चमा अपिल गरेपछि पछि सरेको हो । उनको मृत्युदण्ड गएको शुक्रबार संघीय अदालतका न्यायाधीशले तत्कालका लागि रोकेका थिए ।
मृत्युदण्ड दिने ठाउँमा जाँदा आफूहरुलाई कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै परिवारका सदस्यले सजायको मिति पछि सार्न अपिल गरेका थिए । सोही अनुसार शुक्रबार न्यायाधीशले तत्काल मृत्युदण्ड नदिन आदेश दिएका थिए । तर, सरकारले त्यसविरुद्ध अपिल ग¥यो र सेभेन्थ युएस सर्किट कोर्ट अफ अपिलले सरकारको पक्षमा रुलिङ गरेको हो । लीका आफन्तले मृत्युदण्ड पछि सार्नका लागि माग गरी सर्वोच्च अदालतमा अपिल गरे पनि सर्वोच्चले मृत्युदण्डको पक्षमा फैसला गरेको हो । ००००००

Share.

Leave A Reply