बाढीको प्रकोपबाट मृत्यु भएका झापाका पाँच जनाको परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय

0

विर्तामोड, ३० असार ।

झापा जिल्ला प्रशासन कार्यालयले बाढीको प्रकोपबाट मृत्यु भएका पाँच जनाको परिवारलाई जिल्ला विपद् व्यवस्थापन राहत कोषबाट प्रति परिवार एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले तीन महिना यता नदीमा बगेर र खाल्डोमा डुबेर मृत्यु हुने पाँच जनाको परिवारलाई राहतस्वरुप सो रकम प्रदान गर्ने निर्णय गरेको हो ।
बाढीको प्रकोपबाट गत वैशाख २० गते अर्जुनधारा नगरपालिका–२ सातकटेरीका ६५ वर्षीय दुर्गाबहादुर खपाङ्गी, असार १० गते बाह्रदशी गाउँपालिका–६ रुपचनबाडीकी १८ वर्षीया अनुसा टुडु, शिवसतासी–८ का ३ वर्षीय सम्यम विष्ट, असार २० गते कमल गाउँपालिका– ५ का ३४ वर्षीय पुष्प राई र असार २७ गते झापा गाउँपालिका– ५ का राजेश गणेशको मृत्यु भएको थियो । उनीहरु सबैको परिवारलाई राहतका लागि प्रदेश नम्बर १ को सरकारलाई पनि सिफारिस गरिने सहायक प्रमुख जिल्ला अधिकारी जनक पाण्डेले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारको विपद् व्यवस्थापन कोषबाट समेत प्रति परिवार एक लाख रुपैयाँको दरले राहत दिइने व्यवस्था छ । ००००००

Share.

Leave A Reply