स्वीस बैंकमा प्रधानमन्त्री खाता छैन : सल्लाहकार थापा

0

‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित समाचारहरु बदनियताका साथ प्रकाशित भएको प्रधानमन्त्री कार्यालयको ठहर

विर्तामोड, ३१ असार ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित समाचारहरु गैरजिम्मेवारपूर्ण र बदनियताका साथ प्रकाशित भएको बताउनु भएको छ ।
साथै, उहाँले प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको पनि जानकारी दिनुभयो । ग्लोबल वाच एनालाइसिसले एक सामग्री प्रकाशित गर्दै ओलीमाथि भ्रष्टाचारको आरोप लगाउँदै स्वीस बैंकमा ओलीको पैसा रहेको दाबी गरेको थियो ।
थापाले प्रेस वक्तव्य जारी गर्दै भन्नुभयो, ‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधन जस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील वेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्व रहेको प्रष्ट नै छ ।’ ००००००

Share.

Leave A Reply