भारतमा विषाक्त मदिरा सेवनबाट २१ जनाको मृत्यु

0

विर्तामोड, १६ साउन ।

भारतमा पञ्जाबको अमृतसर, बटाला र तरनतारनमा विषाक्त मदिरा सेवनबाट २१ जनाको मृत्यु भएको छ । प्रहरीले विषाक्त मदिरा बनाउने केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
यसका साथै अमृतसरको तिरसिक्क थानाका एसएचओ (स्टेशन हाउस अफिसर)लाई निलम्बन गरिएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि कमिटी गठन गरेको जनाएको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।
पञ्जाब प्रहरीका अनुसार बुधबार (जुन २९)को राति अमृतसरको ग्रामिण थाना तिरसिक्कको मुच्छल र तंग्रामा पाँच जनाको मृत्यु भएको थियो । यस्तै, बिहीबार साँझ मुच्छलमा थप दुई जनाको मृत्यु भएको थियो । त्यसपछि मुच्छलमा फेरि दुई जनाको मृत्यु भएको थियो । यस्तै बटालामा विषाक्त मदिराबाट हालसम्म ७ जना र तरनतारनमा चार जनाको मृत्यु भइसकेको छ ।
यस विषयमा छानविन गर्न पञ्जावका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छानविनमा दोषी देखिएकाहरुलाई कडा कारबाही गर्ने मुख्यमन्त्री सिंहले बताउनु भएको छ । ००००००

Share.

Leave A Reply