एन्फाको निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश

0

विर्तामोड, १७ साउन ।


भक्तपुर जिल्ला फुटबल संघ विगठन गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखुले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले १५ दिन भित्र जवाफ पेश गर्न एन्फालाई निर्देशन दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधिश टंकबहादुर मोक्तानको एकल ईजलासले बिहिबार निवेदकको माग बमोजिम आदेश जारी गर्न नपर्नुको कारण सहित जवाफ पेश गर्न एन्फाको नाममा निर्देशन दिएको हो ।
अदालतले निवेदकले उठाएको बिषयमा थप छलफल गर्न आवश्यक देखिएको भन्दै साउन २१ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
एन्फाले नक्कली क्लब गठन गरि साधारण सभा गरेको र दर्ता नभएका क्लबहरुलाई जिल्ला लिगमा सहभागी गराएको भन्दै गौतम सुजखु नेतृत्वको जिल्ला फुटबल संघलाई विगठन गर्दै नयाँ तदर्थ कमिटि गठन गरेको छ ।
एन्फा कार्यसमितिले संघको विधान र नियमावली अनुसार क्लब दर्ता नभएको र क्लब संख्या नपुर्याई जिल्ला संघको गतिविधि सञ्चालन गरेको र एन्फाको नियमावली आफ्नो अनुकुलमा हुने गरि सच्चाएर रकम उल्लेख गरि लिग सञ्चालन गरेको भन्दै जिल्ला फुटबल संघमाथि कारबाही गरेको थियो ।
एन्फाको सो निर्णयबिरुद्ध भक्तपुरले सर्वोच्च अदालतमो मुद्धा दायर गरेको थियो । ०००००

Share.

Leave A Reply