नेपालमा ३१५ जना कोरोनाका नयाँ संक्रमित थपिए, कुल संख्या २०,०८६ जना पुग्यो

0

विर्तामोड, १७ साउन ।

सुनसरीको बराहक्षेत्र नगरपालिका अगाडि निर्माण गरिएको हातधुने ठाउँ । कोभिड–१९ को सङक्रमण फैलिन नदिन अहिले अधिकांश सार्वजनिक स्थानमा यस्ता पूर्वाधार निर्माण भएका छन् । तस्वीरः विराट अनुपम/रासस

नेपालमा आज ३ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको मिडिया ब्रिफिङमा सो जानकारी दिनु भएको हो । गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर परीक्षण गरिएको छ ।
यस्तै, आज ९३ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ हजार ५ सय ९२ जना निको भएका छन् । गौतमका अनुसार प्रदेश नम्बर १ मा २ सय २५ जना, प्रदेश नम्बर २ मा २ हजार ६६ जना, बागमती प्रदेशमा ५ सय ७५ जना र गण्डकी प्रदेशमा ३ सय १३ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै, प्रदेश नम्बर ५ मा ३ सय ८७ जना, कर्णाली प्रदेशमा २ सय ९७ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७५ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।
प्रदेश अनुसार डिस्चार्ज हुनेमा प्रदेश नम्बर १ बाट ८ सय ५६ जना, प्रदेश नम्बर २ बाट ३ हजार १ सय ४९ जना, बागमती प्रदेशबाट ५ सय ३२ जना र गण्डकी प्रदेशबाट १ हजार २ सय ५६ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ बाट ३ हजार ९ सय ७१ जना, कर्णाली प्रदेशबाट १ हजार ७ सय १८ जना र सुदूरपश्चिम प्रदेशबाट ३ हजार १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।
देशभरिका क्वारेन्टाइनमा ११ हजार ५ सय ३३ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ५४ जना, प्रदेश नम्बर २ मा १ हजार ५ सय ७३ जना, बागमती प्रदेशमा ८ सय ५२ जना र गण्डकी प्रदेशमा २ हजार ९ सय ५३ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५ सय ३६ जना, कर्णाली प्रदेशमा ४ सय ४३ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय २२ जना क्वारेन्टाइनमा रहेका छन् । ००००००

Share.

Leave A Reply