बिर्तामोडको क्वारेन्टाइन सुरक्षाका लागि खटिएकी २४ बर्षकी १ महिला प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

0

विर्तामोड, १७ साउन ।

बिर्तामोडमा रहेको क्वारेन्टाइन सुरक्षाका लागि खटिएकी २४ बर्षकी एक जना महिला प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार क्वारेन्टाइन सुरक्षाका लागि खटिएकी ती महिला प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको साथै थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाइले जानकारी दिनुभयो ।
विगत केही दिनदेखि सुरक्षा निकायका धेरै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसअघि झापाका ३२ जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको थियो । पहिलो पटक झापामा नेपाल प्रहरीमा कोरोना पुष्टि भएको छ ।
योसँगै झापामा कोरोना भाइरस संक्रमितको संख्या ३७१ जना पुगेको छ । ००००००

Share.

Leave A Reply