आज बाढीको जोखिम कम भए पनि पहिरो भने जानसक्ने

0

विर्तामोड, १८ साउन ।

आज बाढीको जोखिम कम भए पनि पहिरो भने जानसक्ने भएकाले भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् ।
पानी पर्न कम भएपछि बाढीको जोखिम कम भएको हो । तर, निरन्तर पानी परेर जमिन गलेकाले सानो पानी परे पनि पहिरो भने जानसक्ने मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि लगातार झरीको संभावना कतै पनि छैन । तर, मनसुन चलिरहेकाले देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम खालको पानी भने पर्ने संभावना छ ।
यस्तै कतै नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्ने र कतै कतै ठूलो पानी पनि पर्न सक्ने संभावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । ००००००

Share.

Leave A Reply