इलामका ३ वर्षीय बालक क्यान्सर पीडित, सहयोगको अपील

0

विर्तामोड, १८ साउन ।

इलाम नगरपालिका–७ का क्यान्सरबाट पीडित तीन वर्षीय बालक प्रभास श्रेष्ठको उपचारार्थ चरम आर्थिक अभाव भएको छ । बालकका अभिभावकले उपचारका लागि खर्च जुटाइदिन आग्रह गरेका छन् ।
६ महिनादेखि काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ ती बालकको थप उपचारका लागि लाखौँ रुपैयाँ आवश्यक पर्ने जनाइएको छ । “चिकित्सकले बालकको उपचार गर्न १२ देखि १३ लाख रुपैयाँ लाग्छ भन्नुभएको छ । यति रकम त मेरो सबै सम्पत्ति बेच्दा पनि आउँदैन”, बालकका बुवा गोपाल श्रेष्ठले भन्नुभयो, “त्यसैले सबैसमक्ष आग्रह गरेको हुँ ।” आवश्यक रकम जुटाउन नसकेपछि बालकको हालसम्म थप उपचार नभएको जनाइएको छ । ००००००

Share.

Leave A Reply