पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमित थपिए, २०,३३२ जना जम्मा संक्रमित

0

विर्तामोड, १८ साउन ।

नेपालमा पछिल्लो २४ घण्टामा २ सय ४६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ जना पुगेको छ ।
त्यस्तै हाल देशभर गरी सक्रिय संक्रमितको संख्या पाँच हजार ६७२ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिनु भएको हो । गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ ।
यस्तै, आज एक सय ११ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या १४ हजार ६ सय ३ जना छ ।
यस्तै १० हजार नौ सय ३४ जना क्वरेण्टाइनमा रहेका छन् । ००००००

Share.

Leave A Reply