रोटरी क्लव अफ विर्तामोड मिडटाउनद्वारा विर्तामोड प्रहरीलाई माक्स र ‘फेस शिल्ड’ हस्तान्तरण

0

विर्तामोड, १८ साउन ।

सुरक्षामा सक्रिय प्रहरीमा कोभिड–१९ सङ्क्रमण देखिन थालेपछि रोटरी क्लव अफ विर्तामोड मिडटाउनले विर्तामोड प्रहरीलाई माक्स र ‘फेस शिल्ड’ उपलब्ध गराएको छ ।
रोटरी क्लव अफ विर्तामोड मिडटाउनका अध्यक्ष भेषराज भण्डारी प्रसान्तका अनुसार रोट्रयाक क्लव अफ मिड टाउनसँग सहकार्य गरेर इलाका प्रहरी विर्तामोडलाई ५० थान र जिल्ला ट्राफिक प्रहरीलाई ३० थान ‘फेस शिल्ड’ प्रदान गरिएको छ ।
‘नागरिकको सदैब सुरक्षाका लागि खटिने प्रहरीलाई कोरोना संक्रमण देखिन थालेकाले सुरक्षा सामग्री हस्तान्तरण गरेका हौं’, अध्यक्ष भण्डारीले भन्नुभयो, ‘विर्तामोडका प्रहरीलाई सहयोग पुर्याउनु स्थानीय संस्थाको दायित्व पनि हो, हामीले त्यो महसुस गरेका छौं ।’
रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिडटाउन र इनरवील क्लब अफ बिर्तामोड मिडटाउनले इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरीलाई ‘फेस शिल्ड’ वितरण गरेपछि उनीहरुले ‘फेस शिल्ड’ को प्रयोग गर्ने भएका छन् ।
रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी मुकुन्द रिजाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जबेगूलाई, फेस शिल्ड हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका चाटर्ड प्रेसिडेन्ट सन्तोष अग्रवाल, पास्ट प्रेसिडेन्ट शिवकुमार अग्रवाल, प्रेसिडेन्ट इलेक्ट दीपेन्द्र पोखरेल, प्रेसिडेन्ट नोमिनी दिनेशकुमार पोखरेल, सेक्रेटरी नवीन उप्रेती, वोर्ड डाइरेक्टरहरु शरद जोशी, मनोज अग्रवाल, रोशन बुढाथोकी, जगत शर्मा, सिजर राजभण्डारी, गायत्री सुवेदी, रोट्रयाक्ट क्लव बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट प्रकृति न्यौपाने, इनरवील क्लब बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशल, चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेल, भाइस प्रेसिडेन्ट जमुना भुषाल शर्मा , सेक्रेटरी सम्झाना भण्डारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मुकुन्द रिजालले अब जोखिम क्षेत्रमा खटिने प्रहरीलाई एन–९५ मास्क, स्यानिटाइजर, ग्लोब र ‘फेस शिल्ड’ अनिवार्य गरिएको बताउनुभयो । कार्यक्रमको समापन रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका टिच डाइरेक्टर शरद जोशीले गर्नु भएको थियो । ०००००

Share.

Leave A Reply