म गुटमा लाग्दिन : बामदेव गौतम

0

विर्तामोड, २१ साउन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि गुटमा नलाग्ने बताउनु भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा उहाँले कुनै सानो वा ठूलो गुटमा नलाग्ने बताउनु भएको उहाँका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताउनुभयो । उहाँले विज्ञप्तिमार्फत आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभइ पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पार्नुभएको हो ।
अध्यक्ष प्रचण्डले ‘अब तपाई के गर्नुहुन्छ ?’ भनेर सोधेको प्रश्नको जवाफमा उपाध्यक्ष गौतमले आफू कुनै गुटमा नरहेको स्पष्ट पार्नुभएको हो ।
यही साउन १३ गते पार्टीभित्रको विवाद अन्त्यका लागि भन्दै उपाध्यक्ष गौतमले ६ बुँदे प्रस्ताव राख्नुभएको थियो । प्रस्तावमार्फत उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीले कुनै पनि पद छाड्न नपर्ने र अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अधिकारको जिम्मेवारी सम्हाल्नुपर्ने उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमको समर्थन गर्नुभएको थियो ।
यही साउन १३ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएसँगै नेकपाभित्रको विवादले नयाँ मोड लिएको छ ।
अध्यक्ष प्रचण्डलाई चुनावअघि प्रधानमन्त्री, माधब नेपाललाई महाधिबेशनअघि अध्यक्ष र झलनाथ खनाललाई तत्काल राष्ट्रपति चाहिएकाले सत्तारुढ नेकपामा विवाद छ । ००००००

Share.

Leave A Reply