म्यान्चेस्टर युनाईटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश, इन्टर मिलान अन्तिम आठमा

0

विर्तामोड, २२ साउन ।

इन्टर मिलान र म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राति भएको खेलमा इन्टर मिलानले गेटाफेलाई २ शून्य गोलले तथा म्यानचेस्टर युनाइटेडले लास्कलाई २–१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन् ।

अन्तिम १६ को दोस्रो लेगमा म्यानयूले लास्कलाई २–१ ले हराउँदै समग्रमा ७–१ को जीत निकालेको हो ।
इन्टर मिलानको जितमा लुकाकु र क्रिस्टियन इरिक्सनले एक एक गोल गरेका थिए । खेलको ३३ औं मिनेटमा लुकाकुले सुरुवाती गोल गरेका थिए ।
त्यस्तै दोस्रो गोल भने इरिक्सनले खेलको ८३ औं मिनेटमा गरेका थिए । त्यस्तै युनाइटेडको जितमा जेस्से लिंगार्ड र एन्थोनी मार्सियलले एक एक गोल गरेका थिए भने लास्कका लागि भने एक गोल फिलिप विएसिंगरले गरेका थिए ।०००००

Share.

Leave A Reply