बिर्तामोड नगरपालिकाद्वारा लकडाउन खुल्ला गरेको घोषणा

0

अझै जोखिम रहेकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह ।

विर्तामोड, २५ साउन ।

बिर्तामोड नगरपालिकाले लकडाउन खुल्ला गरेको घोषणा गरेको छ । साउन १८ गते राति १२ बजेदेखि लागु गरेको लकडाउन आज राति १२ बजे देखि खुल्ला गर्ने निर्णय गरेको बिर्तामोडका मेयर धु्रवकुमार शिवाकोटीले जानकारी दिनुभयो ।
समुदायमा कोरोना संक्रमणको जोखिम बढेको आशंकामा नगरले दोस्रो पटक लकडाउन गरेको थियो । मास स्क्रिनिङपछि जोखिमको अध्ययन गरेर लकडाउन खुला गरेको मेयर शिवाकोटीले जानकारी दिनुभयो । उहाँले अझै जोखिम रहेकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्नुभएको छ ।
मेयर शिवाकोटीले नगरपालिकाले कोरोना संक्रमण जोखिमलाई ख्याल गरेर नागरिकप्रति जिम्मेवार रहेको जानकारी दिनुभएको छ । उहाँले नगरलाई सुरक्षित राख्न सबै किसिमका उपाय अपनाइने बताउनुभयो ।
सबै नगरवासीलाई अनिवार्य मास्क प्रयोग गरेर मात्रै हिँडडुल गर्न मेयर शिवाकोटीले अपील गर्नु भएको छ । व्यवसायीलाई उहाँले अनिवार्य स्वास्थ्य सुरक्षा अपनाउन सुझाव दिनुभएको छ । ०००००

Share.

Leave A Reply