घरेलु भलिबलका गतिविधि कम्तीमा तीन महिना ठप्प हुने

0

विर्तामोड, २५ साउन ।

घरेलु भलिबलका गतिविधि कम्तीमा तीन महिना ठप्प हुने भएको छ । कोरोना संक्रमणका कारण नेपाल भलिबल संघले खेलकुद गतिविधि कम्तिमा थप तीन महिना ठप्प हुने बताएको हो ।
लकडाउनलाई खुकुलो बनाएको सरकारले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि अभ्यास गर्न अनुमति प्रदान गरेको छ । सोही अनुसार राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु हुदैछ । तर, नेपाल भलिबल संघले कोरोना महामारीका कारण आगामी तीन महिना आफ्ना कुनै कार्यक्रम नभएको बताएको छ ।
संघका महासचिव जितेन्द्र चन्दले पत्रकारसँग बोल्दै कोरोना कहरले संघका कुनै कार्यक्रम नभएको र भलिबल गतिविधि अझै तीन महिना ठप्प हुने बताउनु भएको हो ।
‘अहिले संघले कुनै पनि गतिविधि अघि बढाउन सकेको छैन । आगामी तीन महिला एफआईभीबी (अन्तराष्ट्रिय भलिबल महासंघ) क्यालेन्डरका सम्पुर्ण कार्यक्रम स्थगित छन् । तत्कालका लागि संघको कुनै कार्यक्रम छैन’, उहाँले भन्नुभयो । ००००००

Share.

Leave A Reply