झापाली पत्रकार एवम् साहित्यकार अमृतलाल श्रेष्ठको निधन

0

विर्तामोड, २५ साउन ।

पत्रकार एवम् साहित्यकार अमृतलाल श्रेष्ठको निधन भएको छ । लामो सयमदेखि मृगौला रोगको उपचार गराउँदै आएका पत्रकार श्रेष्ठको आज अपरान्ह पौने ६ बजेतिर मेचीनगर १० धुलावारीस्थित निजी निवासमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार एक साता अघि गम्भीर विरामी भएपछि श्रेष्ठलाई उपचारका लागि विर्तामोडको विर्तासिटी हस्पिटलमा भर्ना गरिएको थियो । हस्पिटलबाट आज घर पुर्याएको केही घण्टमामै उहाँको निधन भएको थियो ।
रासस भद्रपुरको कार्यालय प्रमुख समेत बन्नु भएका पत्रकार श्रेष्ठ राससबाट अवकाश पाएपछि घरमै हुनुहुन्थ्यो । उहाँका थुप्रै साहित्यिक रचना प्रकाशित छन् । उहाँका पत्नी, दुई छोरा र एक छोरी हुनुहुन्छ । ००००००

Share.

Leave A Reply