झापामा आज ५ जना कोरोना संक्रमित, जम्मा ३९८ जना पुग्यो

0

विर्तामोड, २५ साउन ।

झापामा आज थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा शसस्त्र प्रहरी बलका एक जवान सहित चार पुरुष र एक जना महिला रहेका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा संक्रमणको पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि भएकाहरुमा अर्जुनधारा नगरपालिकाका दुई जना, बाह्रदशी गाँउपालिकाका दुई जना र पाथिभरा गण दमकमा खटिएका एक जना प्रहरी रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिनुभयो । योसँगै झापामा कोरोना संक्रमितको कुल संख्या ३९८ जना पुगेको छ । ००००००

Share.

Leave A Reply