राष्ट्रपति ट्रम्पले प्रेस ब्रिफिङमा सम्बोधन गरिरहेका बेला अमेरिकाको ह्वाइटहाउस बाहिर गोली चल्यो

0

विर्तामोड, २७ साउन ।

अमेरिकाको ह्वाइटहाउस बाहिर गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित प्रेस ब्रिफिङमा सम्बोधन गरिरहेका बेला गोली चलेको थियो ।
घटनापछि सुरक्षाकर्मीहरुले तत्कालै ट्रम्पलाई पत्रकार सम्मेलनस्थलबाट बाहिर लगेका थिए । राष्ट्रपति ट्रम्प पत्रकार सम्मेलनमा बोलिरहेका बेला गोली चलेपछि उहाँका सुरक्षाकर्मीले कानेखुशी गर्दै घटनाबारे जानकारी दिएर उहाँलाई भित्र लगेका थिए ।
झण्डै १० मिनेटको ब्रिफिङ पछि पत्रकार सम्मेलनमा फर्किएका राष्ट्रपति ट्रम्पले बाहिर कसैले गोली चलाएको र स्थिति नियन्त्रणमा रहेको बताउनुभयो । उहाँले अमेरिकी सेक्रेट सर्भिसका सुरक्षा अधिकारीहरुले कुनै हतियारधारीलाई गोली चलाएको हुनसक्ने पत्रकारहरुसँग बताउनुभयो । उहाँका अनुसार घटनापछि कसैलाई अस्पताल लगिएको छ ।
ट्रम्पले यो असामान्य परिस्थिति भए पनि सेक्रेट सर्भिसको व्यावसायिक ढंगले काम गर्ने तरिकाको प्रशंसा गरेको बीबीसीले जनाएको छ । घटना आफूप्रति लक्षित भए नभएकोबारे आफूलाई थाहा नभएको ट्रम्पको भनाइ थियो । ०००००

Share.

Leave A Reply