अजोड इन्स्योरेन्सको ६ करोड २० लाख रुपैयाँ खुद नाफा

0

विर्तामोड, २७ साउन ।

अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.८५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बीमा शुल्कसँगै पुनर्बीमा कमिशन लगायतका आयहरू बढेपछि इन्स्योरेन्सको खुद नाफा बढेको हो ।
समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीले २७ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ करोड २८ लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सको खुद बीमा शुल्क १५ करोड ५१ लाख रुपैयाँ मात्र रहेको थियो ।
असार मसान्तसम्ममा इन्स्योरेन्सको पुनर्बीमा कमिशन आय ७ करोड ५३ लाख रुपैयाँ बढेर १४ करोड ३९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, इन्स्योरेन्सको लगानी कर्जा तथा अन्यबाट हुने आय १ करोड ५५ लाख रुपैयाँ बढेर ३ करोड २४ लाख रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा इन्स्योरेन्सले ८ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
गत असारअन्त्यमा ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेपछि हाल कम्पनीको चुक्ता पुँजी इन्स्योरेन्स ७१ करोड ५० लाख रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको जगेडा कोषमा ४ करोड ५४ लाख रुपैयाँ, बीमा कोषमा ६ करोड १६ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ७० लाख रुपैयाँ सञ्चित छ । ००००००

Share.

Leave A Reply