घर भत्किएर डोटीमा एकै परिवारका चार जनाको मृत्यु

0

विर्तामोड, २७ साउन ।

घर भत्किएर डोटीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानी, खलगडामस्थित लोगे लुहारको घर भत्किँदा चार जनाको मृत्यु भएको हो ।
घटनामा चार जना घाइते भएका छन् । राति करिब साढे एक बजे घर भत्किएको गाउँपालिकाका स्वास्थ्य संयोजक बमबहादुर खड्काले बताउनुभयो । मृत्यु हुनेमा लुहारकी श्रीमती २६ वर्षीया विष्णा लोहार, छोरा १० वर्षीय पारस विक, ५ वर्षीया छोरी सिरु विक र ९ महिनाकी छोरी कटी विक रहेको खड्काको भनाइ छ ।
दुई दिनदेखि लगातार पानी समेत परिरहेको थियो । घर भत्किँदा लोगे लुहार, उनकी आमा पाना विक, सासू झाकरी विक, साला इन्द्र विक र छोरी अस्मिता विक घाइते भएका छन् । घाइतेहरुको प्रहरी तथा स्थानीयले उद्धार गरी प्राथमिक उपचार पश्चात थप उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा पठाएका छन् । प्रहरीका अनुसार चार जना गम्भीर घाइते छन् । ०००००

Share.

Leave A Reply