जापानमा योसिहिडे सुगा नयाँ प्रधानमन्त्री बन्ने

0

बिर्तामोड, २९ भदौ ।

जापानका हालका मुख्य क्याबिनेट सेक्रेटरी रहेका योसिहिडे सुगा नयाँ प्रधानमन्त्री बन्ने हुनु भएको छ । जापानको सत्तारुढ पार्टी लिबरल कन्जर्भेटिभ पार्टी (एलडीपी)ले आज उहाँलाई सिन्जो आबेको स्थानमा नयाँ नेताको रुपमा चयन गरेको हो । यससँगै सुगा नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको हो ।
गत महिना प्रधानमन्त्री सिन्जो आबेले आफ्नो कमजोर स्वास्थ्यको कारण देखाउँदै राजिनामा दिनु भएको थियो । सुगा आबेको निकटका व्यक्ति मानिनुहुन्छ । त्यसैले बाँकी कार्यकालमा उहाँले आबेकै नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।
बुधबार जापानको संसदमा पुनः प्रधानमन्त्री पदको लागि मतदान हुनेछ । जापानको संसदमा सत्तारुढ एलडीपी पार्टीको बहुमत रहेकाले सुगाले जित्ने निश्चित जस्तै छ । नयाँ प्रधानमन्त्रीले सन् २०२१ को सेप्टेम्बरमा हुने निर्वाचनसम्म आफ्नो कार्यभार सम्हाल्नेछन् । ०००००

Share.

Leave A Reply