मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी

0

विर्तामोड, ३० भदौ ।

बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । फोब्र्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाई गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् ।
फोब्र्सका अनुसार मेसीको वार्षिक कमाई १२६ मिलियन अमेरिकी डलर रहेको छ । मेसीले युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा ९ मिलियन बढी कमाएका छन् । मेसीले पारिश्रमिकबाट ९२ मिलियन डलर र एन्डोरसमेन्टबाट ३४ मिलियन डलर कमाइ गरेको उल्लेख गरिएको छ ।
यस्तै रोनाल्डोले पारिश्रमिकबाट ७० मिलियन डलर र एनडोरसमेन्टबाट ४७ मिलियनसहित कूल ११७ मिलयन डलर कमाइ गरेका छन् ।
यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्ने फरवार्डद्वय नेमार र किलिएन एमबाप्पे क्रमशः तेस्रो र चौथो स्थानमा छन् । नेमारको वार्षिक कमाई ९६ मिलयन डलर र एमबाप्पेको ४२ मिलयन डलर रहेको छ ।
यस्तै प्रिमियर लिग क्लब लिभरपुलका मोहमम्द सालाह पाँचौ र म्यानचेष्टर युनाइटेडका पउल पोग्वा छैटौं स्थानमा छन् । बार्सिलोनाका एन्टोनी ग्रीजमन सातौं, रियल मड्रिडका गारेथ बेल आठौं, बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की नवौं र म्यानचेष्टर युनाइटेडका डेविड डे हेअ दशौँ स्थानमा छन् । ००००००

Share.

Leave A Reply