झापामा ५ जना कोरोना भाइरस संक्रमित थपिए, जम्मा ७४७ जनामा संक्रमण

0

विर्तामोड, ३० भदौ ।

झापा जिल्लामा आज थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा एक जना महिला र चार जना पुरुष रहेका छन् ।
मेचीनगर नगरपालिका वडा नं. ६ का एक जना र बाहिर ठेगाना भएका अन्य चार जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिनुभयो । एक जना महिला स्थानीय रहेको र अन्य चार जना पुरुष भारतबाट आएर होटल क्वारेन्टाइनमा बसेको चम्लागाईले बताउनुभयो । उनीहरु २० देखि ४९ वर्षसम्मका छन् ।
आजसम्म झापामा कुल संक्रमितको संख्या ७४७ जना पुगेको छ भने कोरोनाबाट हाल सम्म झापामा ३ जनाको मृत्यु भइसकेको छ । ०००००००

Share.

Leave A Reply