यू–१६ फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लुद्वारा छात्रवृत्ति प्रदान

0

विर्तामोड, ३० भदौ ।

नेपाली यू–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले प्लस २ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । चुच्चेपाटीस्थित मनास्लुले म्यानेजमेन्ट अध्ययनका लागि जानलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।
मनास्लुका चेयरम्यान गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान र प्रिन्सिपल राजन श्रेष्ठ तथा जानबीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । यसै शैक्षिक सत्रदेखि सुरु भएको मनास्लुमा हाल म्यानेजमेन्टसहित साइन्स, ह्युमिनिटी र लमा पढाईं हुने चेयरम्यान लामाले जानकारी दिनुभयो ।
चेयरम्यान लामाले सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै अभिभावकलाई खेलमा लागेर पनि आफ्ना सन्तानले अनेक क्षेत्रमा अवसर पाउन सक्छन् भन्ने सन्देश दिन हाल जानबाट यो कदमको सुरुआत गरिएको बताउनुभयो । उहाँले इच्छुक भएको खण्डमा यू–१६ का सम्पूर्ण सदस्यलाई पनि पूर्ण छात्रवृत्तिको अवसर दिन मनास्लु तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।
जानले २०७६ को एसईई सातदोबाटोस्थित लोक स्मृति विद्यालयबाट उत्तीर्ण गरेका थिए । कक्षा ३–४ देखि नै फुटबल खेल्न सुरु गरेका जान झापाको शरणामतीका स्थायी बासिन्दा हुन् । उनले विभिन्न उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । जानका पिता पनि भलिबलका पूर्व राष्ट्रिय खेलाडी हुन् । ०००००

Share.

Leave A Reply