प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री खतिवडा नियुक्त, मन्त्रिस्तरीय सुविधा पाउने

0

विर्तामोड, ३० भदौ ।

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा. खतिवडालाई सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिनुभयो । यसअघि डा. खतिवडा सञ्चार तथा सूचनामन्त्री पनि रहनुभएको थियो । संवैधानिक व्यवस्था अनुसार उहाँको यही भदौ २० गतेदेखि पदावधि सकिएको थियो । ००००००

Share.

Leave A Reply