यू–२३ टोलीका फरवार्ड राजेश परियार भारतीय क्लबबाट खेल्ने

0

विर्तामोड, ३१ भदौ ।

नेपाली यू–२३ टोलीका फरवार्ड राजेश परियारले भारतीय क्लबबाट खेल्ने भएका छन् । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा टोलीमा रहेका राजेशले भारतको एआरए एफसी अहमदाबादबाट खेल्ने भएका हुन् ।

भारतको ’बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले राजेशलाई अनुबन्ध गरेको हो । राजेशले मंगलबार सामाजिक संजाल फेसबुकबाट आफु अहमदाबादमा अनुबन्धित भएको जानकारी गराएका छन् । राजेशले प्रतियोगिताका लागि बिहीबार भारत प्रस्थान गर्ने बताएका छन् ।

एन्फा एकेडेमीका उत्पादन राजेशले गत सिजन न्यूरोड टिम एनआरटिबाट ’ए’ डिभिजन लिग खेलेका थिए ।
गत महिना नेपालका युवा स्ट्राइकर अभिषेक रिजाललाई बी डिभिजनकै क्लब मोहम्मेदन स्पोर्टिङले अनुबन्ध गरेको थियो ।

Share.

Leave A Reply