सिन्धुपाल्चोककको राम्चे केन्द्रबिन्दु भएर बिहानै ६ रेक्टर स्केलको भूकम्प

0

विर्तामोड, ३१ भदौ ।

सिन्धुपाल्चोककको बाह्रबिसे नगरपालिकाको राम्चे केन्द्रबिन्दु भएर आज बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पले काठमाण्डौसहित अरु जिल्लामा पनि धक्का महसुस भयो ।
६ रेक्टरको भूकम्प र सिन्धुपाल्चोक केन्द्रबिन्दु भन्ने थाहा भएपछि सबैलाई चिन्ता लागेको छ, यसले कतै फेरि धनजनको नोक्सानी त गरेन ? सिन्धुपाल्चोक प्रशासन र बाह्रबिसे नगरपालिकाले क्षति भएकोबारे जानकारी नआएको जनाएका छन् ।
तर २०७२ सालको भूकम्पले सबैभन्दा बढी असर गरेको, धाँजा फाटेकाले अहिले पनि बाढी पहिरोले धनजनको क्षति पुर्याइरहेको सिन्धुपाल्चोकमा यो भूकम्पको धक्काले थप जोखिम भने बढाएको छ ।
बाह्रबिसे नगरपालिकाका उपप्रमुख सुशीला पाख्रीनले अहिलेसम्म ठूलो खालको नोक्सानी भएको खबर नआएको र आफूले थप बुझ्ने प्रयास गरिरहेको बताउनुभयो ।

तर भूकम्पले पहिरोको जोखिम बढाएकाले आवश्यक सतर्कताका लागि पहल भइरहेको उहाँले बताउनुभयो । उहाँले विभिन्न ठाउँमा सम्पर्क गरिरहेको पनि बताउनुभयो ।
यसैबीच
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भूकम्पपछि पहिरोको जोखिम थप बढेकाले सम्भावित घटनाप्रति तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । जिल्लाका सबै सुरक्षा निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिइसकेको उहाँले बताउनुभयो । भूकम्प गएको ठाउँको अवस्थाबारे थप जानकारी लिइरहेको पनि उहाँले बताउनुभयो ।०००००

Share.

Leave A Reply