पूर्व प्रधानन्यायाधीश सिंहको निधन

0

विर्तामोड, ३१ भदौ ।


पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ । उनको बत्तिसपुतली स्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे एक सय वर्षको उमेरमा निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

सिंहको आज विहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । उनी सर्वोच्च अदालतको दोस्रो प्रधानन्यायाधीश बनेका थिए ।

२०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश बनेका सिंह २०१६ साल असार १६ गते सम्म प्रधानन्यायाधीशका रुपमा कार्यरत थिए । २०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष पनि भए ।००००००

Share.

Leave A Reply