वीपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु

0

विर्तामोड, ३१ भदौ ।

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका सप्तरीको खडक नगरपालिका–२ का ३५ पुरुषको आज बिहान ६ः१० बजे मृत्यु भएको हो ।

उनी मंगलबार प्रतिष्ठानमा भर्ना भएका थिए । उच्च रक्तचाप र मिर्गौला रोगी ती पुरुषमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भदौ २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ००००००

Share.

Leave A Reply